विनोद चौधरीको भारतमा भएको कम्पनीमा आयकर टोलीको छापा

NAWALPUR TIMES

विनोद चौधरीको भारतमा भएको कम्पनीमा आयकर टोलीको छापा
Binod Chaudhary

नयाँदिल्ली : नेपालका एकमात्र खर्बपति विनोद चौधरीको कम्पनी सीजी कर्प ग्लोबलको भारतको जयपुर कार्यालय, दौसा र सिकरलगायतका ५ स्थानमा मंगलबारदेखि आयकरले छापा मार्न सुरु गरेको छ । गुवाहाटीस्थित आयकर विभागले चौधरीको कम्पनीमाथि कारवाही गरेको हो।

आयकर विभागको अनुसन्धान शाखा गुवाहाटीका अधिकारीहरूले उक्त कार्यको नेतृत्व गरिरहेका छन्। जसलाई स्थानीय आयकर अधिकारीहरूले पनि सहयोग गरिरहेका छन्।

कम्पनीको जयपुरस्थित कार्यालय तख्तेशाही मार्गस्थित कान्स्टियन लेनमा रहेको छ। आयकरको टोलीले आज बिहानैदेखि अनुसन्धान गरिरहेको छ। विनोद चौधरीको कम्पनी सीजी कर्प ग्लोबल र समूहका अन्य कम्पनीले पर्याप्त आयकर नतिरेको सूचनाका आधारमा आयकर विभागले यो कारबाही सुरु गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ।

असम बाहेक कोलकाता, सिक्किम, राजस्थान र केही अन्य राज्यहरूमा पनि आयकरका छापाहरू भइरहेको छ।  सीजी ग्रुप ग्लोबलको सहायक कम्पनी सीजी फूड इन्डिया प्राइभेट लिमिटेड राजस्थानको अजमेर जिल्लाको रुपनगढमा स्थापना भइरहेको ग्रीनटेक मेगा फूड पार्कको प्रमुख संस्थापक हो।

उपलब्ध कागजातको जाँचका आधारमा आयकर अधिकारीले ग्रीनटेक मेगा फुड पार्कका अन्य संस्थापकको कम्पनीमा पनि छापा मारेका छन् ।-एजेन्सीको सहयोगमा ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology