कालीगण्डकी करिडोर : २० वर्षपछि घटयो भाडा, यात्रुलाई राहत

NAWALPUR TIMES

कल्पना कुँवर, कावासोती । मध्य पहाडी लोकमार्गका रुपमा रहेको कालीगण्डकी करिडोरको गैंडाकोट हुँदै पाल्पा रामपुर भएर स्याङ्जा चापाकोटको गाडी भाडा २० बर्षपछि घटेको छ । अहिले पहिलो पटक घटेसंगै यहाँको सडक भएर यात्रा गर्नेहरुले राहतको महशुुस गरेका छन् ।

यो सडकको ८५ प्रतिशत कालोपत्रे भैसकेको छ तर शुुरुका बर्षमा कच्ची डिक हुुँदा लिने गरेको भाडा दर अहिले पनि कायमै रहेको भन्दै ब्यापक बिरोध हुन थालेपछि स्थानीय समेत आन्दोलनमा उत्रन बाध्य भएका थिए । त्यसपछि अहिले ४० प्रतिशत भाडा घटाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

२० वर्षदेखि यो सडकमा यातायात गुड्थ्यो । शुरुका १५ वर्ष सम्म यो सडकको सबै भाग कच्ची थियो । भाडा मनपरि असुलिन्थ्यो, अहिले तीन बर्ष भयो, सडक कालोपत्रे हुुन थालेको र ८५ प्रतिशत सकिसक्यो । तर भाडा घटाउने त परै जाओस् झन् बढाउनेतिर यातायात ब्यबसायीहरु लागेपछि त्यसको चौतर्फी बिरोध हुन थालेको थियो । त्यसपछि मात्र यातायात ब्यवसायीहरु भाडा घटाउन सहमत भएको लेकबेँसी यातायात समितिका अध्यक्ष युवराज बस्यालले बताए ।

शुरु शुरुमा त मनपरि असुल गर्थे भाडा । तर अहिले स्थानीय समेत जागेपछि भाडा दर ४० प्रतिशतले घटेको डेढगाउँका राम श्रेष्ठले बताए । यो सडक कच्ची हुँदा कायम भएको गैडाकोट बुलिङटारको भाडा रु ५५० थियो भने अहिले घटेर ३३० कायम भएको छ र अब भाडा मनपरि लिने दिन सकिएको बुलिङटारका बेलबहादुर दराईले बताए ।

पूर्वी नवलपरासकिो बुलिङटार, डेढगाउँ, पाल्पाको रामपुर हुँदै स्याङ्जाको चापाकोट सम्मको भाडा शुरुमा एक हजार एक सय थियो अहिले भाडा घटाएपछि रु छ सय ८० कायम भएको लेकबेँसी यातायात प्रालिले जनाएको छ ।

गैँडाकोटको–कालीगण्डकी चोकबाट जाने जिप र दलदले भएर बुलिङटार, डेढगाउँ र पाल्पाको रामपुर हुुँदै स्याङ्जाको चापाकोट सम्म अहिले साना र ठूला सवारी साधन चल्ने गरेका छन् । “शुरुमा गैंडाकोटबाट बुलिङटार सम्मको ४३ किलोमिटरको कालोपत्रे सडकको भाडा रु पाँच सय देखि सात सय सम्म लिने गरेकामा अहिले भाडा दर घटेपछि स्थानीयले समेत खुशी मानेका छन्”– मथारका जनक रानाभाटले भने ।

गैंडाकोट भएर बुलिङटार जाने बसले पाँच सयदेखि सात सय सम्म भाडा लिने गरेको र यो भाडा कच्ची सडक हुँदा पनि यही र अहिले कालोपत्रे हुँदा पनि यही भाडा तिर्न बाध्य थिए यहाँका बासिन्दा तर अब भने त्यो बाध्यता भने हटेको डाडाँझेरीका प्रेमबहादुर थापा मगरले बताए ।

अहिले पनि यातायात ब्यबस्था बिभागले जारी गरेको बैज्ञानिक भाडा दर अनुसार तराईमा प्रतिकिलोमिटर रु तीन र पहाडमा प्रतिकिलोमिटर रु पाँच भाडा दर कायम भए पनि शुरुमा भने प्रतिकिलोमिटर रु १६ तिर्न बाध्य थिए यो सडकमा यात्रा गर्ने यात्रुहरु । तर यो सबै हटेर गएको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत भरत सापकोटाले बताए ।

दैनिक सय बढी सवारी साधन र पाँच हजार बढी यात्रुले यो सडक भएर यात्रा गर्ने गरेका र गैँडाकोट–कालीगण्डकी चोकबाट ढोडेनी हुँदै बुलिङ्टार थामबेसी कोटा र दलदले भएर बुलिगंटार,डेढगाउँ पाल्पाको रामपुर र स्यागाँजाको चापाकोट सम्म यात्रु लिएर जाने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले अहिले पहाडी क्षेत्रमा भाडा दर समायोजन भएकाले कसैले पनि तोकिएको भन्दा बढी घाडा लिएमा कारबाही गर्ने र त्यस्तो भाडा बढी दिनेलाई उजुरी गर्न आग्रह गरेकी छन् ।

लेकबेसी यातायात प्रालिका अध्यक्ष युवराज बस्यालले गाडीभाडा समायोजनसँगै भाडा दर अब मनपरि लिन नपाइने गरी निश्चित भाडा दर कायम गरइकोले यात्रुलाई कहीँ कतै पनि ठगेको पाइएमा कारबाही गर्ने बताए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology