विपदबाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

NAWALPUR TIMES

विपदबाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु
1691643613407

गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा बाढीपहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । ३१ जना बेपत्ता छन् ।

ती जिल्लामा विपद्मा परी ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव महादेव पन्थले जानकारी दिए ।

उनका अनुसार विपद्का घटना भएका ५० मध्ये २० जिल्लामा मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन् ।

यस्तै, बेपत्ता हुनेहरू ६ जिल्लाका छन् । संखुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरीका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए । २८ जिल्लाका ५५ जना घाइते भएका छन् ।

विपद्मा परेर कुल १३० घर पूर्ण रूपमा क्षति भएको छ । १९३ घरमा आंशिक क्षति पुगेको छ ।

मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, संखुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको थियो । रासस

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology