मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना

NAWALPUR TIMES
प्रकाशित : २०८० असार २६ गते १२:१२
मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना
359495762 600025032245082 435231454425496511 n mm98nwSnud 768x377 1

कावासोती । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना भएको छ ।

लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले सोलुखुम्बुको लामजुराको डाँडामा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिनुभयो ।

सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टर सम्पर्कमा रहेको जानकारी दिनुभयो । त्यसपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । थप विवरण आउन बाँकी ।

प्रकाशित : २०८० असार २६ गते १२:१२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI