कावासोती । नवलपुरमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
नवलपुरको विनयीत्रिवेणी गाउँपालिका वडा नं १ बस्ने ५७ वर्षीय छविलाल सारुको चट्याङ लागेर बुधबार बिहान ज्यान गएको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खेतमा काम गर्न विनयीत्रिवेणीको गोग्दी स्थित श्रीमती सहित खेतमा काम गर्न गएका सारु चट्याङले लागेर घाईते भए पछि घरमा ल्याईएको र उनको घरमा नै ज्यान गएको हो । सँगै काम गर्न गएकी सारुकी श्रीमती कुमारीसरा सारु भने सकुसल रहेको प्रहरीले जनाएको छ ।
Facebook Comment