बजेटमा सम्बोधन नगरिएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्को आपत्ति

NAWALPUR TIMES

बजेटमा सम्बोधन नगरिएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्को आपत्ति
received 171695322250919

१६ जेठ, नवलपुर ।
आगामी आर्थिक वर्ष २०८०÷०८१ मा नेपाल सरकारले प्रस्तुत गरेको बजेटमा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी कुनैपनि प्रकारको सेवा सुविधाका बारेमा सम्बोधन नगरिएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् नवलपुरले आपत्ति जनाएको छ ।

जेठ ५ गते राष्ट्रिपति रामचन्द्र पौडेलद्धारा सदनमा सम्बोधन गरिएको नेपाल सरकारको निति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी सेवा सुविधाका लगायतका विषयमा सम्बोधन गरिएपनि जेठ १५ गते अर्थात् सोमबार प्रस्तुत गरिएको बजेटको कार्यक्रममा सम्बोधन नगरिएको भन्दै परिषद्ले आपत्ति जनाएको हो । परिषद्ले आपत्ति प्रकट गर्दै तत्काल निति तथा कार्यक्रममा उल्लेख भएको विषयलाई सम्बोधन गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।

 

नेपाल विद्यालय कर्मचारी परिषद् नवलपुरका अध्यक्ष सुजर कुमार भुजेलद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा माथि उल्लेखित कुराहरु भनिएको छ । परिषद् नेपाल शिक्षक महासंघको घटक संस्था भएकाले सम्बोधन नगरिए महासंघ मार्फत तत्काल आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology