माध्यमिक तह सम्मको शिक्षा निशुल्क माग गर्दै ने.वि.संघको प्रर्दशन (फोटो फिचर)

NAWALPUR TIMES

माध्यमिक तह सम्मको शिक्षा निशुल्क माग गर्दै ने.वि.संघको प्रर्दशन (फोटो फिचर)
21

कावासोती । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम र बजेटमै माध्यमिक तह सम्मको शिक्षा निशुल्क व्यवस्था गर्न माग गर्दै नेपाल विद्यार्थी संघले कावासोती नगरपालिका अगाडी प्ले कार्ड सहित आईतबार प्रर्दशन गरेको छ ।

नेपाल विद्यार्थी संघले कावासोती नगरसमितिले पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार नगरपालिका कार्यालय अगाडी प्ले कार्ड सहित प्रर्दशन गरेको नेविसंघ कावासोतीका सभापति कुमार क्षेत्रीले जानकारी दिए ।

यस अघि नेपाल विद्यार्थी संघ कावासोतीले कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसाललाई आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम र बजेटमै माध्यमिक तह सम्मको शिक्षा निशुल्क व्यवस्था गर्न माग सहितको ज्ञापन पत्र पेश गरेको थियो । नगर प्रमुख तथा नगरपालिकाले शिक्षा जस्तो संवेदनशील विषय तथा संविधानमा उल्लेख गरिएको माध्यमिक तह सम्मको शिक्षा निशुल्क हुने व्यवस्थालाई समेत चासो नदिएको भन्दै बिहिबार बसेको नेविसंघ कावासोती नगरसमितिको बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरे अनुसार नेविसंघले नगरपालिका अगाडी प्ले कार्ड सहित प्रर्दशन गरेको नगर सभापति क्षेत्रीले जानकारी बताए ।

यसै बीच माग पुरा नहुदाँ सम्म नेविसंघले आन्दोलनलाई निरन्तरता दिने बताउदै सभापति क्षेत्रीले जेठ १६ गते नगरपालिका अगाडी धर्ना, १७ गते शिक्षा शाखामा तालाबन्दी तथा १८ गते देखि रिले अनसनको कार्यक्रम तय भएको जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology