पूर्वलडाकुलाई पैसा होइन, रोजगारी दिनुपर्छ : नेता कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख १४ गते १३:५४
पूर्वलडाकुलाई पैसा होइन, रोजगारी दिनुपर्छ : नेता कोइराला

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वलडाकुहरुलाई पैसाको सट्टा रोजगारीको प्रबन्ध गर्नुपर्ने बताएका छन् । उनले सरकारले पूर्वलडाकुका नाममा पैसा बाँड्न लागेको भन्दै त्यस्तो कार्य स्वीकार नहुने बताए । उनले सरकार यदि त्यस्तो निर्णय गरेको अवस्थामा त्यसको विरोध गर्न समेत आह्वान गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत् नेता कोइरालाले विगतमा क्यान्टोन्मेन्टमा रहेका पूर्वलडाकुका लागि लिएको पैसाको हिसाबकिताब बुझाउन नसकिरहेको अवस्थामा फेरि उनीहरुलाई सरकारले पैसा बाँड्न लागेको भन्दै त्यसको विरोध गर्नुपर्ने बताए ।

‘विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब बुझाउन नसक्नु, द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्वशिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन,’ कोइरालाले भनेका छन्, ‘माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं । उनीहरुलाई पैसा होइन, रोजगारी दिऔं ।’

प्रकाशित : २०८० वैशाख १४ गते १३:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI