पहाडी भू–भागमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

NAWALPUR TIMES

पहाडी भू–भागमा वर्षा, तराईमा हावाहुरीको सम्भावना
mausam 1c3a5

कावासोती । नेपालमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज (शुक्रबार) दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology