ट्राफिक सचेतनामा गैंडाकोटका युवाको चासो

NAWALPUR TIMES

ट्राफिक सचेतनामा गैंडाकोटका युवाको चासो
received 987282218918045

सुजन अधिकारी, गैंडाकोट

ट्राफिक चेतनाको अभावमा सडक दुर्घटना बढिरहेको तथ्यांक आइरहेको बेला गैंडाकोट नगरयुवा संजालको आयोजनामा शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

गैंडाकोट २ का अध्यक्ष प्रकाश सापकोटाको प्रमुख आथित्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले ट्राफिक नियम सवारीसाधन चलाउने पैदल यात्रा गर्ने सबैले पालना गर्नुपर्ने त्यसको लागि जनचेतना जरुरी रहेको बताउदै यस्ता कार्यक्रम हरु बिद्यालय र क्याम्पसमा समेत आवश्यकता रहेको औल्याए । कार्यक्रमका अर्का अतिथी ईलाका प्रहरी कार्यलाय गैंडाकोटका उप प्रमुख मोहन थापा क्षेत्रीले ट्राफिक नियमको पालना नहुँदा सहरी क्षेत्रमानै बढी दुर्घटनाको जोखिम हुने गरेको जानकारी दिदै जोखिमलाई कम गर्नका लागि ट्राफिक प्रहरीले सचेतनासँगै नियमको पालना नगर्नेलाई कारबाहीसमेत गर्दै आइरहेको र चालक, सह-चालक, पैदल यात्रु र सवारी यात्रु समेत सचेतभएमा दुर्घटना न्यूनीकरण हुने बताए ।

सचेतना कार्यक्रममा सडक प्रयोगकर्ता, पैदलयात्री, चालक, सहचालक, स्कुल, कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न विभिन्न ट्राफिक नियमहरु लेखिएको सचेतनामुलक पर्चा-पम्पलेट वितरण गरिएको थियो । ईलाका प्रहरी कार्यलय, ट्राफिक प्रहरी र सामुदायिक सेवा केन्द्र गैंडाकोटको सहजीकरणमा गरिएको कार्यक्रम संजाल अध्यक्ष रोशन दर्लामीको अध्यक्षतामा भएको थियो । संजाल उपाध्यक्ष प्रमिता सापकोटाले उपस्थितलाई स्वागत गरेको सभालाई सहजीकरण सुगम पोख्रेलले गरेका थिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology