कावासोती(रासस) । नारायणी नदिको उत्तरी भंगालोमा पानीको बहाव कम हुँदै गए पछि नवलपुर तर्फकोबाट चितवन राष्ट्रिय निकुञ्नमा सुरक्षा चुनौती बढने भन्दै संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छन ।
चितवनको नारायणघाटमा रहेको नारायणी नदिको पुल देखि केही किलोमिटर तल शिख्रौलीघाट बाट नारायणी नदि दुई वटा भंगालोमा बाडिएर बगेको छ । नवलपुर तिर बग्ने भंगालोलाई उत्तरी र चितवन तर्फ बग्ने भंगालोलाई दक्षिणी भंगालो भन्ने गरिन्छ । यति बेला नारायणी नदिको पानी अधिकांश भाग चितवन तर्फको दक्षिणी भंगालोबाट बग्न थाले पछि निकुञ्जमा प्रवेश सहज हुने भन्दै संरक्षणकर्मीहरुले चिन्ता र चासो व्यक्त गरेका छन ।
चितवन तर्फ विकास निर्माण तथा नारायणी नदिको तटबन्धका लागि सेतिदेवि सामुदायिक वन आसपास अत्याधिक मात्रामा नदि उत्खनन गर्दा गहिरिएर नदिको बहाव दक्षिण भंगालो तर्फ सोझिदा नवलपुरका तटिय क्षेत्र सुख्खा भए सँगै नवलपुर क्षेत्रबाट चोरी शिकार गर्नेहरुलाई निकुञ्ज प्रवेश गर्न सहज हुने भएकाले सुरक्षा चुनौती बढने देखिएको संरक्षणकर्मी डिबी चौधरी बताउनु हुन्छ । “पहिले पहिले पौडिएर नारायणी तर्नु पर्ने भएकाले चोरी शिकार गर्नेहरुलाई त्यति सहज थिएन, यति बेला उत्तरी भंगालोमा पानीनै नभएपछि निकुञ्जमा प्रवेश सहज भएको छ, यसले निकुञ्नको सुरक्षा चुनौती बढने देखिएको छ”, चौधरीले भन्नु भयो, “पानी कम हुँदा वन्यजन्तुलाई मात्रै खतरा भएको छैन जैविक विविधता र नदि आश्रित भएर जिविकोपार्जन गर्ने स्थानीय सर्वसाधारणलाई समेत समस्या भएको छ ।”
नवलपुरको गैडाकोट, देवचुली, कावासोती भएर बग्ने नारायाणी नदिको उत्तरी भंंगालोमा पानीको बहाव कम हुदाँ निकुञ्जका जनावारहरु सहजै मानव बस्तीमा प्रवेश गर्ने क्रम बढको र यसले मानव वन्यजन्तु द्वन्दमात्रै बढने नभएर वन्यजन्तु संरक्षण्मा समेत गम्भीर असर पर्ने देखिएको लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेल बताउनु हुन्छ । नदीले बनाएको बगर क्षेत्र लामो भएको र खुला क्षेत्रमा टाढा टाढासम्म पनि वन्यजन्तु देख्न सकिने भएकाले चोरहरूलाई पनि सहज भएको अध्यक्ष पौडेल बताउनु हुन्छ ।
विकास निर्माणको लागि नदि उत्खनन् गर्दा पानीको बहाव दक्षिणी भंगालोमा नारायणी नदिको पानी निकै कम भएकाले जैविक विविधता मात्रै होइन निकुञ्जको सुरक्षामा चुनौती स्वाभाविक रुपमा थपिएको भन्दै संरक्षणकर्मी विष्णु अधिकारीले बहावलाई पुर्ववर्ती रुपमा फर्काउनु पर्ने बताउनु हुन्छ । “शिख्रौली देखि अमलटारी घाट सम्म पानीको बहाव एकदमै कम छ, कतै हिडेर पार गर्न सम्म सकिन्छ यस्ले निकुञ्ज भित्र प्रवेश गर्ने जो कोहिलाई सहज बनाएको मात्रै छैन निकुञ्जका वन्यजन्तु सहज रुपमा मानव बस्तीमा प्रवेश गर्ने गरेका छ्न ।” उहाँले भन्नू भयो, “यसले मानववन्य जन्तु द्वन्द मात्रै बढाउदैन जैविक विविधता र निकुञ्जको सुरक्षाको विषयमा गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ ।”
अघिल्लो साता मात्रै नवलपुरको मध्यविन्दु नगरपालिकाको वडा नं २ सेहरीमा चोरी शिकारीको कारण दुईवटा गैडाँ मारिए पछि निुकुञ्नको सुरक्षामा चुनौती थपिएको र चोरी सिकार गर्नेहरु समेत सक्रिय हुन लागेको भन्दै संरक्षण कर्मीहरुले चिन्ता व्यक्त गरिरहदा उत्तरी भंगालोमा पानीको बहाव कम हुँदा आउने समस्याको विषयमा निकुञ्जले गम्भीरता पुर्वक अध्ययन गरिरहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनु भयो । पानीको बहाव पुर्ववर्ती रुपमा फर्काउनका लागि स्थानिय तह, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति तथा सरोकारवालाहरु सँग आवश्यक समन्वयलाई निकुञ्जले अगाडी बढाएको तिवारी बताउनु हुन्छ ।
प्रकाशित : २०७९ माघ १९ गते ८:३१
Facebook Comment