राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुन्छ : नेता कोइराला

NAWALPUR TIMES

राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुन्छ : नेता कोइराला
IMG 20230126 WA0010

कावासोती । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमति हुने बताउनु भएको छ ।

बिहिबार निर्वाचन क्षेत्र रहेको पुर्वी नवलपरासीको कावासोती आउनु भएका कोइरालाले सञ्चारकर्मीहरु सँगको कुराकानीमा देशको आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने दाबी गर्नु भएको हो ।

कांग्रेस नेतृत्वको सरकारले स्थानिय तह, प्रदेश र संघीय निर्वाचन सफलता पुर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई मजबुत बनाएको र कांग्रेसको अबको ध्यान राष्ट्रपतिको निर्वाचनमा रहेको बताउदै नेता कोइरालाले कांग्रेसको प्रस्तावमा अबको राष्ट्रपतिको राष्ट्रिय सहमतिमा चयन हुने बताउनु भयो ।

राष्ट्रिय सहमति बनाउनका लागी संसदको ठूलो दल कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएकाले पनि अबको राजनीति राष्ट्रिय सहमतिको बाटोमा गएको बताउदै नेता कोइरालाले कांग्रेसले प्रस्ताव गरेको पात्रनै राष्ट्रिय सहमतिमा राष्ट्रपति बन्ने दाबी गर्नु भएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology