कावासोती । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज (मंगलबार) बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तराईका थोरै भू–भागमा हुस्सु लागेको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहने मौसमविदले जनाएका छन् । प्रदेश–१, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यी प्रदेशमा राति पनि हल्का हिमपातको सम्भावना छ ।
हिमाली भू–भागमा हल्का हिमपात र तराईका भू–भागमा हुस्सु लाग्ने भएकोले दैनिक जीवन र सडक तथा हवाई यातायातमा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित : २०७९ पुष १९ गते ७:५१
Facebook Comment