पुस २५ गते संघीय संसदको अधिवेशन बोलाउने सरकारको निर्णय

NAWALPUR TIMES

पुस २५ गते संघीय संसदको अधिवेशन बोलाउने सरकारको निर्णय
rabi 1

काठमाडौं । आगामी पुस २५ गते संघीय संसदको अधिवेशन आह्वान गर्ने सरकारले निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले पुस २५ संसदको अधिवेशन गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

सोही व्यवस्था अनुसार हिजोको पहिलो मन्त्रिपरिषद बैठकले राष्ट्रपतिलाई २५ गते अधिवेशन आह्वान गर्नेगरी सिफारिस गर्ने निर्णय गरिएको हो ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीले शपथ र पदभार ग्रहण गरेपछि मन्त्रिपरिषद्को बैठक बसेको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology