पेट्रोलियम पदार्थको मूल्य घट्यो

NAWALPUR TIMES

पेट्रोलियम पदार्थको मूल्य घट्यो
petrol

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको बताएको हो ।

निगमले शुक्रवारर राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल,डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर समान ३ रुपैयाँ घटाएको बताएको छ ।

घटेको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८, डिजेल र मटितेल प्रतिलिटर १ सय ७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १ सय ८१ हुँदा डिजेल र मटितेलको मूल्य १ सय ७८ रुपैयाँ रहेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology