नवलपुर क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका चित्रध्वज जिसीले पुस्ता हस्तान्तरण सहित भ्रष्टचारबिरुद्धको अभियानका लागि आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन् । आज बिहीवार रजहर स्थित पिप्रहरमा जिसीले आह्वान गरेको पत्रकार सम्मेलनमा सामाजिक रुपान्तरणका लागि युवाको प्रतिनिधित्व गर्दै यस क्षेत्रकै विकासका निम्ति पनि उम्मेदवारी दिएको बताए । सोही कार्यक्रममा उनले सार्वजनिक गरेको घोषणापत्रमा ८ बुँदामा नीतिगत कार्यहरु उल्लेख छ।
साँसदको खर्च र सुविधा घटाउने, पाँच (ज) अन्तर्गत जनशक्ति, जलस्रोत, जडिवुटी, जमिन र जंगलको संरक्षण र उपभोग, रोजगार, सुकुम्वासी समस्यासमाधान, सार्वजनिक सम्पति संरक्षण, सक्षम जिल्ला निर्माण, घरेलु मदिरालाई बैधानिकता र प्रतिवन्धित जडीवुटी गाँजा, भाँगलाई ब्यवस्थित गरी खुलाउने, कृषि र पर्यटनको प्रवद्र्धन गर्ने उल्लेख छ । उन आफ्नो प्रतिबद्धता पत्रमा स्वास्थ्यमा ३ र शिक्षामा २ बुँदा समेटेका छन् ।

उनले निशुल्क स्वास्थ्य सेवाका लागि बीमा कार्यक्रम प्रभावकारी, मुकुन्दपुरमा अन्तर्राष्ट्रिय स्तरको २ सय शैयाको अस्पताल, रजहर प्राकृतिक चिकित्सालयलाई प्रशिक्षण अस्पताल र बिश्वबिद्यालयका रुपमा स्तरोन्नति गर्ने घोषणा गरेका छन् भने पूर्ण ब्यवहारिक र निशुल्क शिक्षाको प्रक्रिया मिलाउँदै शैक्षिक प्राविधिक आविस्कार केन्द्र निर्माण गर्ने योजना समेटेका छन् । उनले कृषिमा ५ बुँदा, पर्यटनमा ५ बुँदा, खेलकुदमा २ बुँदा, भौतिक तथा पूर्वाधार बिकासमा ७ बुँदा, र युवा ब्यवस्थापन र रोजगारमा ९ बुँदा समेटेर संमृद्ध नवलपुर बनाउने एजेण्डा सहितको घोषणा गरेका छन् ।
जिसि काङ्ग्रेस पृष्ठभुमिका हुन । उनले उम्मेद्बारी फिर्ता नलिएपछी जिल्ला काङ्ग्रेसले साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको छ ।
Facebook Comment