एक क्वीन्टल सिद्रा माछा नष्ट

NAWALPUR TIMES

एक क्वीन्टल सिद्रा माछा नष्ट
received 518374953443586

कावासोती  ।  भारत बाट अबैध  रुपमा भित्राइएको एक क्वीन्टल सिद्रा माछा (सानो आकारको माछा) नवलपुरमा आइतबार नष्ट गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म हेडक्वाटर पितौजीबाट खटिएको प्रहरीको टोलीले यात्रुबाहक बसमा ल्याउदै गरेको अवस्थामा बरामद गरेको करिव एक क्वीन्टल सिद्रा माछा नष्ट गरेको हो ।कार्यालय परिसरमा खाडल खनेर अवैध रुपमा फेला परेको सिद्रा माछा नष्ट गरिएको सशस्त्र प्रहरी निरिक्षक तेज बहादुर ठकुरीले जानकारी दिनुभयो ।स्थानीय जनप्रतिनिधी, पत्रकारको रोहबरमा बरामद भएका सिद्रामाछा नष्ट गरिएको हो । बरामद गरि नष्ट गरिएका सिद्राको बजारमुल्य करिव २५ हजार भन्दा बढी पर्ने सशस्त्र प्रहरीको भनाई छ ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म हेडक्वाटर पितौजीले भन्सार छलि ल्याइएका कपडा, खाद्यान्न र ईलोक्टोनिस्क सामानहरु बरामद गरि कारबाहीका लागि भन्सार पठाएको छ ।असौज २८ गते भैरहवाबाट काठमान्डौ जाँदै गरेको लु २ ख ४४५७ नम्बरको यात्रुबाहक बसबाट बरामद भएको १५८ थान सर्ट, ८५ थान कुर्था, ३ कार्टुन ईलेक्टोनिक्स समान र ५० किलो मसुरोको दाल महेशपुर भन्सार कार्यालय पठाइएको कार्यालयले जनाएको छ । बरामद गरिएका समानहरुको बजार मुल्य १ लाख ३३ हजार ५६० मुल्य बराबरको रहेको थियो ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology