जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने

NAWALPUR TIMES

जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने
thumb 1

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ ।

जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सो जानकारी गराएका हुन् ।

जोशीको पार्थिव शरीरलाई अहिले अस्पताल परिसरमै राखिएको छ ।

यसअघि, आजै प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको सम्झनामा सरकारले योजना बनाएर काम गर्ने बताएका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology