नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

NAWALPUR TIMES

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
for online narayanghat muglin road 7 28102018061238

चितवन । अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक पुन: सञ्चालनमा आएको छ ।

१७ किलोमा पहिरो गएर अवरुद्ध भएको सडक बिहान सवा ११ बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको हो ।

सडक आज बिहान ८ : २० बजेदेखि अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा सडकमै रोकिएका सवारी साधन गन्तव्यतिर पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सडक अवरुद्ध हुँदा दशैंको टीका र आशीर्वाद थाप्न हिँडेकाहरू अलपत्र परेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology