राष्ट्रपतिविरुद्ध परेको रिटमाथि आजै सुनुवाइ हुँदै

NAWALPUR TIMES

राष्ट्रपतिविरुद्ध परेको रिटमाथि आजै सुनुवाइ हुँदै
bidhya bhandari president 1 RNLze4CPFn oyCz6zxcP1

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ ।

नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपतिविरुद्ध बिहीबारसम्ममा झण्डै एक दर्जन रिट परेका थिए ।

उक्त रिटमाथि रिटमाथि आजै सुनुवाइ हुने सर्वोच्च स्रोतले जनाएको छ ।

‘नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध बिहीबार कानुन व्यवसायीले झण्डै आधा दर्जन रिट हालेका छन्,’ स्रोतले भन्यो, ‘सबै रिट एकै प्रकृतिका हुनाले आज एकै इजलासमा हेरिने छ।’

रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको बरखिलाफ भएको रिटमा उल्लेख गरिएको जनाएको छ ।

त्यस्तैगरी रिटमा राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी सर्वोच्चमा परमादेश माग गरिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology