एक दिवसीय क्रिकेटमा नेपालले केन्यासँग खेल्दै, रोहितको कप्तानी
NAWALPUR TIMES प्रकाशित : २०७९ भदौ १७ गते ९:५५
Nepali Cricket vs Kenya 21661441421 scaled
काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज पहिलो एक दिवसीय क्रिकेट खेल्दैछ । खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो १२ः४५ बजे शुरु हुनेछ ।
केन्याविरुद्ध मैदानमा उत्रदा नेपाल एक दिवसीय श्रृंखलामा सुखद शुरुआतको योजनामा रहेको छ । नेपालले तीन खेलको एक दिवसीय श्रृंखला खेल्न लागेको हो । नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ ।
टोलीका नियमित कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान पौडेलले नेपालको कप्तानी गर्ने भएका हुन् । सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगिसकेका छन् ।
दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ ।
यसअघि नेपालले केन्या विरुद्धको पाँच खेलको टी–२० क्रिकेट श्रृंखला ३–२ ले जितेको थियो ।
Facebook Comment