३६ औं युनाइटेड गोल्डकप सुरु: सचिब मरासिनीले उदघाटन गरेको खेलमा ओल्डस्टार कावासोती विजयी

NAWALPUR TIMES

३६ औं युनाइटेड गोल्डकप सुरु: सचिब मरासिनीले उदघाटन गरेको खेलमा ओल्डस्टार कावासोती विजयी
received 417483160482348

नवलपुर । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचीव मधुकुमार मरासिनीले उदघाटन गरेको खेलमा आयोजक युनाईटेड क्लब गिरुबारीलाई १-० ले हराउदै ओल्डस्टार कावासोतीले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको उदघाटन गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव मधु कुमार मरासिनीले खेलकुद देशको पहिचानको माध्यम भएकाले गाउँगाउँमा हुने खेलकुद प्रतियोगिताले देशको पहिचान वृद्धिमा मदत पुग्ने बताएका छन ।

उनले खेलकुदका कारण नै धेरै देश बिश्वमा फरक पहिचान बनाउन सफल भएको बताउँदै देशको पहिचान वृद्धि गर्ने खेलाडी देशको गहना भएको बताएका हुन ।

कार्यक्रममा बोल्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डेले खेलकुदको बिकाशमा गाउँपालिका तत्पर रहेको बताउँदै ३६ औं पटक सम्म निरन्तर जिल्ला स्तरिय फुटवल आयोजना गरेर ईतिहास रच्न सफल भएकोमा आयोजकलाई बधाई ब्यक्त गरिन । पाण्डेले युवा तथा खेलकुद बिकाशको सन्दर्भमा गाउँपालिकाले फरक नीति अख्तियार गर्ने तयारीमा रहेको बताईएन ।

खेलकुद बिकाश समिती नवलपुरका अध्यक्ष सेतमान पुनले खेलकुदले अनुशासन वृद्धिमा सहयोग गर्ने जिकिर गर्दै युनाईटेड युवा क्लबले जिल्लाको फुटवल खेलको बिकाशमा ठूलो योगदान गरेकाले जस्तो सुकै सहयोगका लागि आफू तयार रहेको प्रतिबद्धता ब्यक्त गरे

शुक्रबारदेखि सुरु भएको नकआउट फुटवल प्रतियोगितामा २४ फुटवल क्लब सहभागी रहेका छन । सरस्वती मा.बि. गिरुवारीको खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा आयोजक युनाईटेड युवा क्लबलाई शुन्यका बिरुद्ध १ गोलले ओल्ड स्टार कावासोती बिजयी भएको छ । शनिबारको खेलमा शान्तिदिप युवा क्लब पृथ्वीनगरको बिरुद्ध नमुना युवा क्लब पश्चिमटोला कावासोती मैदानमा उत्रने खेल संयोजक भिम सुनारीले जानकारी दिए ।

खेलमा प्रथम हुनेले २ लाख २२ हजार २ सय २२ रुपैयाँ र दोश्रो हुनेले १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने सुनारीले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology