नवलपुर । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिम राप्ती र बबई नदीमा बहाव उल्लेख्य बढ्नेछ । मर्स्याङ्दी, सेती, महाकाली, वाग्मती नदीको पधेरादोभान र पूर्वी राप्तीको रजैयामा बहाव सामान्य बढ्ने पूर्वानुमान छ । अरू केही नदीमा बहाव सामान्य घटबढ हुने महाशाखाले जनाएको छ ।
आज धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, धादिङ, चितवन, गोरखा, स्याङ्जा, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, दार्चुला र आसपास भई बहने साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव (समेत हुन सक्ने पूर्वानुमान छ ।
नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
Facebook Comment