नवलपुर । नवलपरासीको पहिलो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ ।
विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भै सबै चरण पार गरि शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषदको सिफारिस अनुसार क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त भएको क्याम्पस सन्चालक समितिका अध्यक्ष महेन्द्र पोख्रेलले बताए ।
क्याम्पसलाई यहि असार १२ गते विश्वविद्यालय अनुदान आयोगमा आयोजित कार्यक्रममा क्युएए प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ ।
Facebook Comment