विश्वकप लिग टु क्रिकेट : नेपाल अमेरिकासँग खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २८ गते ९:१६
विश्वकप लिग टु क्रिकेट : नेपाल अमेरिकासँग खेल्दै
2e7b18de950e84504bc4b85bed1a9665d66d20d09d539abf4c0327dad28e2e77.0

नवलपुर  । अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । पहिलो खेलमा ओमानसँग पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकासँग खेल्न लागेको हो ।

नेपाल र अमेरिका बीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुरु हुनेछ । अमेरिकाविरुद्ध मैदानमा उत्रदा नेपाल  पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ओमानसँग जित नजिक पुगेर पनि १३ रनले पराजित भएपछि नेपालले महत्वपूर्ण २ अंक गुमाएको थियो ।

अमेरिका भने सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अमेरिकाले ओमानलाई हराएको थियो । नेपाल भने अमेरिकालाई उसकै भूमिमा हराएर महत्वपूर्ण दुई अंक बटुल्न चाहन्छ ।

अंक तालिका 

लिग टु मा ओमान ३४ खेलमा ४२ अंकसहित शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड २० खेलबाट २८ अंकसहित दोस्रो तथा यूएई २२ खेलबाट २६ अंकसहित तेस्रो स्थानमा छ ।

अमेरिका २१ खेलबाट २० अंकसहित चौथो, नामिबिया १४ खेलबाट १४ अंकसहित पााचौं तथा नेपाल १३ खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ ।

पपुवा न्यूगिनी २० खेलबाट मात्र २ अंकसहित पुछारमा छ ।

प्रकाशित : २०७९ जेठ २८ गते ९:१६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI