यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने

NAWALPUR TIMES

यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने
e51c9d2664077e080bd1efeebd65eeb696ee01989a162b6614eb7ae60ca7073b.0

नवलपुर । यसवर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने आंकलन गरिएको छ ।

आगामी जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको आंकलन जल तथा मौसम विज्ञान विभागले गरेको हो ।

जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन सिजनको जलवायुको आकलन गरी सार्वजनिक गरेको प्रतिवेदन अनुसार  प्रदेश नं १ को उत्तरी भू–भाग, मधेश प्रदेशको अधिकांश भू भाग र बागमती प्रदेशका दक्षिणी भू–भागहरुमा सरदर वर्षा हुने सम्भावना ३५–४५ सम्म रहेको छ भने बाँकी भू–भागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५–६५ प्रतिशत रहेको छ।

अधिकतम तापक्रम देशको उत्तरी भू–भाग र मधेश प्रदेशका धेरै भू–भागहरुमा सरदर हुने सम्भवना ३५–५५ प्रतिशत छ ।

अन्य स्थानहरुमा सरदर भन्दा कम रहने सम्भावना ३५ –६५ प्रतिशत रहेको छ।

त्यसैगरी न्यूनतम तापक्रम देशका उत्तरी भू–भागहरुमा सरदर भन्दा बढी हुने सम्भावना ३५–५५ प्रतिशत र बाँकी भू–भागहरुमा सरदर रहने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश नम्बर १ का तराईका भू भागहरु, वागमती प्रदेशका उत्तर पूर्वी भू भाग, गण्डकी प्रदेशका दक्षिणी भू भाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भू भाग तथा सुदुरपश्चिम प्रदेशका उत्तरी भू भागहरुमा सरदर भन्दा बढी बर्षा हुने सम्भावना ५५ प्रतिशत देखि ६५ प्रतिशत रहेको छ।

सुदुरपश्चिम प्रदेशका पूर्वी भू भाग, कर्णाली प्रदेशका मध्य भू भाग, गण्डकी प्रदेशका  मध्य पश्चिमी भू भाग र प्रदेश नं १ को मध्य भू भागहरुमा सरदर भन्दा बढी बर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology