चितवनको राप्तीमा बाघको आक्रमणबाट एक घाइते, तीन वटा पशुचौपयाको मृत्यु

NAWALPUR TIMES

चितवनको राप्तीमा बाघको आक्रमणबाट एक घाइते, तीन वटा पशुचौपयाको मृत्यु
tiger pate

चितवन-  चितवनमा बाघको आक्रमणबाट फेरि एक जना घाइते भएका छन् ।

आज विहान ६ बजेको समयमा पूर्वीचितवनको राप्ती नगरपालिका–१ डिपार्टस्थित गाउँबस्ती नजिकै खेतमा तरकारी टिप्न गएका स्थानीय ४३ वर्षीय इन्द्रबहादुर थिङलाई बाघले आक्रमण गरि घाइते बनाएको हो । थिङको अनुहार र घाटीमा चोट लागेको छ । उपचारका लागि उनलाई भरतपुर ल्याईएको छ ।

यस्तै सोही बाघले आक्रमण गरी स्थानीय सुक बहादुर थिङको एउटा भैंसी र सुकराम तामाङको दुईवटा वटा बंगुर मारेको प्रहरीले जनाएको छ । यस्तै जित बहादुर थिङको १ गाई समेत घाईते बनाएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology