देवचुली उद्योग वाणिज्य संघको अध्यक्षमा दवाडी: सबै पदमा सर्वसम्मत

NAWALPUR TIMES

देवचुली उद्योग वाणिज्य संघको अध्यक्षमा दवाडी: सबै पदमा सर्वसम्मत
cf84df5bc48c3f29c30de65f227d96cc40f4800fd827401e18a9bc1934e22b51.0

देवचुली ।  सुर्य प्रसाद दवाडीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्दै  देवचुली उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारणमा सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

बुधबार सम्पन्न अधिवेशनबाट   वरिष्ठ उपाध्यक्षमा तेज प्रसाद न्यौपाने, उपाध्यक्षमा ( उद्योग तर्फ) बासुबाबु कोइराला, उपाध्यक्षमा (वाणिज्य तर्फ) नारायण प्रसाद पौडेल, महासचिवमा विनोद सिलवाल, सचिवमा तिला देवि अर्याल कोषाध्यक्ष बुद्धि प्रसाद कोइराला, सदस्यहरुमा बलराम खनाल, चिरञ्जीवि पाण्डे, विरेन्द्रराज काफ्ले, केशव श्रेष्ठ, बाबुराम घिमिरे, लोक प्रसाद भुर्तेल, प्रेम नारायण बसेल, सुरेश पाण्डे, जयराम श्रेष्ठ, ताराचन भट्टराई, बिरेन्द्र बहादुर वि.क, चोक नारायण भुसाल, अनुपलाल श्रेष्ठ, महिलातर्फ हरिमाया आचार्य र सि.जी प्योकेजीङ्ग सर्वसम्मत चयन भएका हुन् ।

त्यसै गरि अधिवेशनबाट  लेखा समितिको संयोजकमा बसन्त पोख्रेल, सदस्यमा ईश्वरी भट्टराई, भोजराज ज्ञवाली चयन भएका छन् ।

अधिवेशनले  एसोसियट तर्फ सदस्यमा पित्ताम्बर अर्याल, भोजेन्द्र बहादुर रायमाझी, हरि प्रसाद पाठकलाई सर्वसम्मत चयन गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology