नवलपुर । देशका केही स–साना नदीहरूमा आज पानीको बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज इलाम, पाँचथर, संखुवासभा, धनकुटा, तेह्रथुम, झापा, मोरङ सुनसरी, उदयपुर, चितवन, मकवानपुर, लमजुङ, कास्की, स्याङ्जा र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्नेछ ।
आज बिहानको मापनानुसार कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव सामान्य तथा सतर्कता तहभन्दा तलै रहेको जनाइएको छ ।
प्रकाशित : २०७९ जेठ २५ गते ९:४३
Facebook Comment