गिरुवारी खोलाको पुल मर्मत हुँदा महेन्द्र राजमार्ग ६ घण्टाको लागि बन्द

NAWALPUR TIMES

गिरुवारी खोलाको पुल मर्मत हुँदा महेन्द्र राजमार्ग ६ घण्टाको लागि बन्द
received 1046789602915646

पूर्वी नवलपरासीको चोरमारामा रहेको गिरुवारी खोलाको पुलमा समस्या आयपछि पुल मर्मत गर्न आज बिहान ८ बजेदेखि दिउँसो २ बजे सम्मका लागि बाटो बन्द गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी वर्दघाट सुस्ता पूर्वले जानकारी दिएको छ ।नवलपुरको चोरमारास्थित गिरुबारी खोलामा रहेको पुलको मध्यभागमा प्वाल परेका कारण यातायात सञ्चालनमा अत्यन्तै जोखिम देखिएपछि त्यसलाई मर्मत गर्न सडक बन्द गरिएको हो ।

सडक बन्दको समयमा एम्बुलेन्स बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । एम्बुलेन्स बाहेकका अन्य सवारीसाधन सञ्चालनका लागि बैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले यसअघि नै सूचना जारी गरी सम्बन्धित निकायलाई अवगत गराएको थियो ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology