प्रेस युनियनका अध्यक्ष सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघमा निर्वाचित

NAWALPUR TIMES

प्रेस युनियनका अध्यक्ष सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघमा निर्वाचित
badri sigdel og9XpQHdya

काठमाडौँ– नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन् ।

ओमानको राजधानी मस्कटमा जारी अन्तर्राष्ट्रिय पत्रकार महासंघको वल्र्ड कङ्ग्रेसमा उहाँ मङ्गलबार आइएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित भएको सो भेलामा सहभागी नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिए ।

अध्यक्ष सिग्देल एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाको प्रतिनिधित्व गर्दै आइएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित भएका हुन् । आइएफजेको यो तहमा नेपालबाट निर्वाचित हुने युनियनका अध्यक्ष सिग्देल सम्भवतः पहिलो व्यक्ति भएको युनियनका कावा महासचिव भीष्मराज ओझाले जानकारी दिए । प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।

श्रमजिवी पत्रकारका हकहित र लोकतन्त्रका लागि योगदान गर्नेलगायत उद्देश्यका साथ युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology