तारा एयर दुर्घटना : २२ जनाकै शव फेला

NAWALPUR TIMES

तारा एयर दुर्घटना : २२ जनाकै शव फेला
Capture1653966532

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको अन्तिम शव फेला परेको छ । सोमबार २१ शव फेला परेको थियो । आज अन्तिम शव फेला परेको नेपाली सेनाले जनाएको छ ।

सोमबारै १० शव सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । बाँकी १२ शव आजै काठमाडौं ल्याउने तयारी गरिएको सेनाले जानकारी दिएको छ ।

उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२, सानोसरेमा आइतबार दुर्घटना भएको थियो । विमानमा चालक दलका तीन सदस्य र १९ यात्री सवार थिए । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको ९एनएईटी विमान सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology