काठमाडौं । एएफसी एसियन कप –२०२३ छनोटको तयारीमा रहेको नेपाली फुटबल टिमले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । कतार फुटबल संघका अनुसार नेपालले कतारमा ओमान र लिष्ट टिमोरसँग खेल्ने पक्का भएको हो ।
त्यसका लागि नेपाली टिम बुधबार राति ८ बजे कतार प्रस्थान गर्दै छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले नियमित टोलीका ११ खेलाडीलाई बाहिर राख्दै टोली घोषणा गरेका हुन् ।
यसअघि नेपालले कतारमा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको थियो । तर, त्यो अन्तिम समयमा रद्द भयो । अब, नेपालले पहिलो खेल २८ मे अर्थात शनिबार लिष्ट टिमोरसँग खेल्नेछ भने ३ जुनमा ओमानसँग खेल्नेछ ।
एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले कुवेत, जोर्डन, इन्डोनेसियासँग खेल्नेछ।
प्रकाशित : २०७९ जेठ ११ गते १५:०९
Facebook Comment