कावासोती १३ मा एमालेबाट पार्टि परीत्याग गरी २० जना कांग्रेसमा प्रवेश

NAWALPUR TIMES

कावासोती नगरपालिका वडा नम्बर १३ मा सोमबार नेकपा एमाले पार्टि परित्याग गरी २० जना कांग्रेसमा प्रवेश गरेका छन् । एक कार्यक्रमका विच एमाले पार्टि परित्याग गरी कांग्रेसमा प्रवेश गरेका वडाध्यक्षका उम्मेदवार विनोद रानामगरले बताउनु भयो ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री  डा शंशाक कोइरालाले फुलमाला अविर लगाइ स्वागत गर्नुभएको छ । कावासोती १३ को कार्यक्रमलाई सम्वोधन गर्दै डा कोइरालाले नेकपा एमाले ले मत पाएर चुनाव जितेको भए पनि जनताको मर्मर र भावना बुझ्न नसकेकोे भन्दै अब जनताले कांग्रेसलाई मत दिनुपर्ने बताउनुभयो ।


२०७४ मा जे जस्तो भएपनि यसपटक नेपाली कांग्रेसले वहुमतका साथ विजयी भइ पहिलो पार्टि बन्ने मा विश्वस्त रहेको बताउनु भयो । नेकपा एमाले काम भन्दा भाषणमा मात्र सिमित रहेको भन्दै अव कांग्रेसले काम गरेर देखाउने बताउनु भयो । आज बिहिवार कावासोती १३ मा कांग्रेसको जुन लहर आएको छ देशमा भरी कांग्रेसमय भएको बताउनु भयो ।
यसैगरी कावासोति नगरपालिका वडा नम्बर १३ को विभिन्न स्थानमा नेपाली कांग्रेसले  विशाल र्याली सहीत घरदैलो तथा कोण सभा सम्पन्न गरेको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology