राँगोले हानेर बावुको मृत्यु, छोरी घाइते, राँगोलाई गोली हानेर मारियो

NAWALPUR TIMES

राँगोले हानेर बावुको मृत्यु, छोरी घाइते, राँगोलाई गोली हानेर मारियो
male buffalo
लमजुङ, २६ बैशाख । लमजुङमा आफैले पालेको राँगोले हानेर एक पुरुषको मृत्यु भएको छ । राँगोले हानेर गम्भिर घाइते भएका खुमबहादुर मौरतीको उपचारको लागि अस्पताल लेजानै गर्दा बाटोमै मृत्यु भएको हो ।

मौरतीको बेसीशहरस्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

राँगोले हानेर ४४ वर्षीय मौरतीको छोरीलाई समेत घाइते बनाएको छ । थप घटना हुन नपाओस् भनेर राँगोलाई गोली हानेर मारिएको प्रहरीले जनाएको छ । राँगोको मानसिक सन्तुलन गुमेको हुनसक्ने स्थानीयहरुले भनाइ छ ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology