तीनवटा प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत ३० गते ८:०३
तीनवटा प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भागमा आज वर्षा हुने भएको छ । आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

आज राति प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहनेछ । विभागका अनुसार प्रदेश–१ को पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : २०७८ चैत ३० गते ८:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI