प्रधानमन्त्री देउवा बनारसमा,आदित्यनाथले गरे स्वागत

NAWALPUR TIMES

प्रधानमन्त्री देउवा बनारसमा,आदित्यनाथले गरे स्वागत
FPZLzVPaAAAKHLP 20220403104952

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तरप्रदेशस्थित धार्मिक शहर बनारस पुगेका छन्।

आइतबार बिहान प्रधानमन्त्री देउवा नयाँदिल्लीबाट बनारस पुगेका हुन्। बनारसमा देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन्।

प्रधानमन्त्री देउवा एयर इन्डियाको जहाजबाट बनारस गएका हुन्। बनारसमा प्रधानमन्त्री देउवाले केही मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री देउवा आजै केहीबेरपछि नयाँदिल्ली फर्केर अपरान्ह स्वदेश फर्कनेछन्।

  

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology