काठमाडौं । देशका विभिन्न भागमा पानी पर्ने भएको छ । विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभावका कारण नेपालका विभिन्न क्षेत्रमा मेघ गर्जन र चट्याङ्सहित पानी पर्ने भएको हो ।
आज दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज राति प्रदेश १ लगायत वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहँदा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागका अनुसार प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
प्रकाशित : २०७८ चैत १७ गते ८:४९
Facebook Comment