कपिलवस्तु महोत्सवमा दुर्घटना, १४ जना घाइते

NAWALPUR TIMES

कपिलवस्तु महोत्सवमा  दुर्घटना, १४ जना घाइते
p QKfrZ1snZY

कपिलवस्तुको कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीमा रहेको डुङ्गा पिङ दुर्घटना हुदा १४ जना घाइते भएका छन् । डुङ्गा पिङ शुक्रबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको हो ।

ईलाका प्रहरी कार्यालय पिपराले  दिएको जानकारी अनुसार ३ जनालाई उपचारको लागि बुटवल ल्याइँदै छ । अन्य घाइतेलाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पतालमा लगिएको छ ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधीन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ देखि सुरु भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology