पीएनजीविरुद्ध नेपालले पहिला बलिङ गर्ने

NAWALPUR TIMES

पीएनजीविरुद्ध नेपालले पहिला बलिङ गर्ने
Nepali Cricket1648033557

काठमाडौं । पीएनजीविरूद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् ।

आज नेपालका युवा ब्याट्सम्यान देव खनालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने भएका छन् । कप्तान सन्दीपले देवलाई डेब्युको क्याप दिएका छन् । देव यु–१९ टोलीका कप्तान पनि हुन् ।

नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, देव खनाल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सोमपाल कामी, रोहितकुमार पौडेल, पवन सर्राफ, आरिफ शेख, भीम सार्की र अनिलकुमार शाह ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology