पपुवा न्यूगीनी माथि नेपालको रोमाञ्चक जित

NAWALPUR TIMES

पपुवा न्यूगीनी माथि नेपालको रोमाञ्चक जित
cricket nepali team GErc0y1zOW2022 02 18 03 32 28

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आज भएको एकदिवसीय सिरिजमा नेपालले पपुवा न्यूगीनी(पीएनजी)लाई ४ बल बाँकी छदै २ विकेटले हराएको छ।

पपुवा न्यूगीनी(पीएनजी)ले नेपाललाई जितका लागि दिएका २०५ रनको लक्ष्य पछ्याँउदै नेपालले ४९.२ ओभारमा ८ विकेट गुमाउँदै २१० रन जोडेको हो।

नेपाली समयानुसार बिहान ११:१५ बजे देखि युएईको सारजाह मैदानमा भएको खेलमा पीएनजीले टस जितेर ब्याटिङ् रोजेको थियो।

पीएनजी ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २०४ रन जोडेको थियो।

खराब सुरुआत गरेको नेपालको जितमा रोहित पौडेल र आरिफ शेखले शतकीय साझेदारी इनिङ्स खेले। रोहितले ५८ रन जोड्दा आरिफले ५३ रन बनाएका थिए।

पीएनजीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले २/२ विकेट लिए।

पीएनजीका लागि चार्ल्स अमिनीले ५९ रनको अर्धशतकीय इनिङ खेले। उनले ८२ बल खेल्दै ७ चौका प्रहार गरेका थिए।

यस्तै ओपनर टोनी उराले २७ तथा लेगा सियकाले २५ रन बनाए। चाद सोपरले ३५, नोरमान भानुले २३ असद भालाले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। यस्तै सन्दीप लामिछाने,  ज्ञानेन्द्र मल्ल र आरिफ शेखले समान १/१ विकेट लिए।

नेपालले दोस्रो खेलमा शुक्रबार युएईसँग खेल्नेछ। यस्तै नेपालले तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा खेल्नेछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले पीएनजीलाई हराएर सुखद सुरुवात गरेको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology