नेपाल एक खेल अघि नै सेमिफाइनलमा

NAWALPUR TIMES

नेपाल एक खेल अघि नै सेमिफाइनलमा
cricket nepali team GErc0y1zOW2022 02 18 03 32 28

काठमाडौं– कुशल भुर्तेलको शतकीय इनिङ प्रेरित नेपालले आइसिसी टी–२० विश्वकपको दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गर्दै एक खेलअगावै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट चार अंक जोडेको छ । समूहको दोस्रो स्थानमा रहेको क्यानडा र तेस्रो स्थानमा रहेको ओमानले समान दुई खेलमा दुई अंक जोडेका छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइलनमा स्थान बनाउने छन् ।

सोमबार हुने समूह चरणको अन्तिम खेलमा क्यानडाविरुद्ध जित निकाले नेपाल समूह विजेता बन्नेछ । समूह विजेता बने सेमिफाइलनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ ।

सेमिफाइनलमा जित निकाले नेपाल दोस्रो पटक टी–२० विश्वकपमा पुग्नेछ । यसअघि नेपाल सन् २०१४ मा ट्वान्टी २० विश्वकप पुगेको थियो । जसमा समूह चरणको तीन खेलमध्ये दुईमा जित र एकमा हारको नतिजा आत्मसाथ गरेको थियो ।

ओमानको मस्कटस्थित नेपालले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ८२ रनमात्र जोड्न सक्यो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology