राजस्व कार्यालय कावासोतीद्वारा माघ मसान्तसम्म १२ अर्व ३० करोड राजस्व संकलन

NAWALPUR TIMES

राजस्व कार्यालय कावासोतीद्वारा माघ मसान्तसम्म १२ अर्व ३० करोड राजस्व संकलन
received 2107148629460059

कावासोती। आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्षको माघ मसान्तसम्म १२ अर्व ३० करोड राजस्व संकलन भएको जनाएको छ। कार्यालयका अनुसार १२ अर्व ६१ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १२ अर्व ३० करोड रुपैँया राजस्व संकलन गरिएको छ ।

सङ्कलन गरिएकाे राजस्व लक्ष्यको तुलनामा ९७ दशमलव ५४ प्रतिशतले हुन आउछ । अन्तःशुल्क शीर्षकमा रु १२ अर्व ५५ करोड ६लाख राजस्व असुली गर्ने लक्ष्य लिएको कार्यालयले रु ११ अर्व ७५ करोड ७२ लाख राजस्व सङ्कलन गरेको छ । याे सबैभन्दा बढी राजस्व भएकाे शिर्षक हाे ।

त्यस्तै कार्यालयलले आयकर शीर्षकमा रु ३० करोड ७७ लाख९७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा रु १७ करोड २७ लाख ९० हजार, ब्याज शीर्षकमा रु ३ करोड १४ लाख २० हजार, स्वास्थ्य सेवा शीर्षकमा रु १ करोड ८३ लाख ७० हजार, घरबहाल कर शीर्षकमा रु ८२ लाख ५२ हजार लाख ३५ हजार तथा शिक्षा शीर्षकमा रु ६३ हजार राजस्व सङ्कलन गरेको छ ।

स्वास्थ्य सेवा शीर्षकमा लक्ष्यको तुनालमा २१९ प्रतिशत, आयकरमा लक्ष्यको तुलनामा १११ प्रतिशत प्रगति हासिल भएकाे छ ।त्यसैगरी अन्तःशुल्क, ,घरबहाल कर, ब्याज, मूल्य अभिवृद्धि कर र शिक्षा शीर्षकमा भने लक्ष्य अनुसारको प्रगति भेटाउन नसकेको कार्यालयले जनाएको छ ।कार्यालयले अन्तःशुल्क करमा ९८ प्रतिशत घरबहाल करमा ५९ प्रतिशत, मूल्य अभिवृद्धि करमा ८२ प्रतिशत, ब्याजमा ८४ प्रतिशत र शिक्षामा २ प्रतिशत मात्रै प्रगति हासिल गरेको छ ।

प्रमुख कर अधिकृत टेक बहादुर अर्यालले राजस्व संकलनको कामलाई प्रभावकारी बनाउँदै राजस्व चुुहावट हुन नदिन अनुगमनलाई प्रभावकारी बनाउदै जाने बताउनुभयो । कर तिर्नु सबै नागरिकको दायित्व भएको भन्दै उहाँले कर छलि गर्ने विरुद्ध कार्यालयले अनुगमन सुरु गरेको बताउनुभयो ।

आन्तरिक राजस्व कार्यालय कावासोतीले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को राजस्व सङ्कलन गर्दै आएको छ । कावासोतीमा आन्तरिक राजस्व कार्यालय स्थापना हुनु अगाडि यहाँका करदाताले आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा राजस्व दाखिला गर्नुपर्ने बाध्यता थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology