केहि स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २७ गते ७:४६
केहि स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने

काठमाडौं : पश्चिमी वायुकाे प्रभावले देशभरकाे माैसममा फेरवदल आएको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

बिहीवार मुलुकमा पश्चिमी वायुको प्रभाव रहेकाले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती र प्रदेश १ का केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

राती सुदूरपश्चिम,कर्णाली, लुम्बिनी, गण्डकी,बागमती र प्रदेश १ मा वर्षाको सम्भावना छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ  ।

प्रकाशित : २०७८ माघ २७ गते ७:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI