देशका केही भागमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

NAWALPUR TIMES

देशका केही भागमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
mausam 1c3a5

काठमाडौं : पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा आंशिक देखि सामान्य बदली हुनुका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि सचेन रहन आग्रह गर्दै वर्षा र हिमपातका कारण चिसो अझै बढ्ने क्रम रहेकाले त्यसबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । मंगलवार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

काठमाडौंको आकाशमा बिहानैदेखि बाक्लो तुवाँलो लागेकाले केही चिसो महसुस गरिएको छ । महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology