चितवन महोत्सव दुई दिन चल्न पाउने, अरु सबै मेला महोत्सव बन्द

NAWALPUR TIMES

चितवन महोत्सव दुई दिन चल्न पाउने, अरु सबै मेला महोत्सव बन्द
jilla prasasan karyalaya bharatpur chitwan1 1

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा हुने सबै खाले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले हाल आयोजना भइरहेको चितवन महोत्सवलाई दुई दिन समय दिएर बाँकी आयोजनाको तयारीमा रहेको रत्ननगर महोत्सव, खिचरा महोत्सव तत्काल बन्द गर्ने निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

चितवनसहित देशैभर कोरोना भाइरसको संक्रमण दर बढ्न थालेपछि प्रशासनले यस्तो निर्णय गरेको हो । चितवन महोत्सव हिजोबाट सुरु भएको थियो भने भोलिबाट रत्ननगर महोत्सव आयोजनाको तयारी थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology