गणतन्त्र पक्षधर राजनीतिक दलहरूले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाए : राप्रपा अध्यक्ष लिङ्देन

NAWALPUR TIMES

गणतन्त्र पक्षधर राजनीतिक दलहरूले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाए : राप्रपा अध्यक्ष  लिङ्देन
received 458564859343511

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र पक्षधर राजनीतिक दलहरूले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् । गणतन्त्र आएको १३ वर्ष भइसक्दा पनि युवाहरूलाई रोजगारी प्रदान गर्ने एउटा पनि काम गर्न नसकेको उनको भनाइ छ ।

मंगलबार जनकपुरमा पार्टीले आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘दलहरूको अक्षमताका कारण ५५ लाख युवा वैदेशिक रोजगारमा देशबाहिर छन् । गणतन्त्रवादी दलहरूले देशलाई बेरोजगार युवा उत्पादन गर्ने कारखानामा परिणत गरिदिएका छन्,’ उनले भने, ‘हामी स्वाभिमानी नेपाली बेरोजगार भएर अरेबियनहरूको नोकर बन्न बाध्य भइरहेका छौँ ।’ उनले विगतमा राजाले भन्दा अहिलेका राष्ट्रपति र दलहरूले देशको स्रोत दोहन गरेको भन्दै राजतन्त्रभन्दा गणतन्त्र खर्चिलो भएको जिकिर गरे ।

राप्रपाका प्रदेश २ अध्यक्ष भरत गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजसंस्था तराई, पहाड र हिमाल जोड्ने माध्यम रहेको बताए । दुई ठूला छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई सन्तुलनमा राख्न राजसंस्था आवश्यक रहेको डा. लोहनीको भनाइ थियो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology