कांग्रेसमा देउवालाई दुई तिहाई

NAWALPUR TIMES

कांग्रेसमा देउवालाई दुई तिहाई
1640142516649

काठमाडौँ। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनको काम सकिएको छ। बाँकी रहेको मतगणना बिहीबार सकिएसँगै १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनले पूर्णता पाएको हो। काँग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि २७ गते निर्वाचन भएको थियो।

काँग्रेसले मङ्सिर २४ गते राजधानीको पार्टी कार्यालयमा महाधिवेशन उद्घाटन गरेको थियो। सभापतिको मतगणना त्यही गरेको काँग्रेसले पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना भने पार्टी कार्यालय सानेपामा गरेको थियो। सभापति चयनका लागि दुई चरणमा मतदान भएको थियो, देउवा सभापतिमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए।

काँग्रेसमा १३४ पदका लागि निर्वाचन भएको थियो। निर्वाचनमा ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सह महामन्त्री सहित १३४ पदमध्ये सभापति शेरबहादुर देउवा पक्षले दुई तिहाइ भन्दा बढी पदमा जित हात पारेको छ। पदाधिकारी र केन्द्रीय सदस्य गरी देउवा पक्षका १०९ उम्मेदवार विजयी भएका छन्। इतर पक्षबाट जम्मा २३ जना मात्र निर्वाचित भएका छन्।

यस हिसाबमा केन्द्रीय कार्यसमितिमा देउवा पक्षको  ८१ दशमलव ३४  पुगेको छ।

सभापतिले अब ३३ जना केन्द्रीय सदस्य समावेशिताको आधारमा थप गर्न पाउने छन्।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology