यी हुन् पहिलो पटक केन्द्रीय सदस्य हुने १६ युवा

NAWALPUR TIMES

यी हुन् पहिलो पटक केन्द्रीय सदस्य हुने १६ युवा
Congress Nepali Congress1632365932 1

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनले खुला केन्द्रीय सदस्य समूहबाट पहिलो पटक केन्द्रीय कार्यसमितिलाई १६ जनालाई भित्र्याएको छ । पदाधिकारीमा यसपटक १३ मध्ये ११ जना नयाँ अनुहार ल्याउँदा केन्द्रीय सदस्य खुलाबाट ३५ मध्ये १६ जना नयाँ अनुहार हुन् ।

तर १९ जना भने पुरानै अनुहार दोहोरिएका हुन् । गत हप्ता सोमबार सम्पन्न निर्वाचनमा खुला केन्द्रीय सदस्यका लागि ९९ जना चुनावी मैदानमा थिए । त्यसमध्ये ३५ जना निर्वाचित भएका छन् । खुला केन्द्रीय सदस्यमा डा. शशांक कोइरालाले सबैभन्दा बढी मत पाएर एक नम्बर हुँदा कृष्णकिशोर घिमिरे ३५ औं नम्बरमा परेका छन् ।

कोइराला निवर्तमान महामन्त्री हुन् भने घिमिरेले पहिलो पटक केन्द्रीय सदस्य हुन पाएका हुन् । यसअघि १३ औं महाधिवेशनमा केन्द्रीय समितिमा लडेर पनि सफलता हात नपारेका उदयशमशेर राणा, रामहरी खतिवडाले यसपालि निकै राम्रो मत पाए ।

त्यसैगरी पहिलो पटक प्रवेश पाउनेमा जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले,  गुरु बराल, सञ्जयकुमार गौतम, डा. गोविन्दराज पोखरेल, राजीव ढुंगाना, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायमाझी, गणेश लामा, मोहन आचार्य, कृष्णकिशोर घिमिरे रहेका छन् ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology