रामचन्द्र पौडेल र शशांक कोइरालाको पहलमा यस्तो बन्यो शेखरको टिम

NAWALPUR TIMES

रामचन्द्र पौडेल र शशांक कोइरालाको पहलमा यस्तो बन्यो शेखरको टिम
1639218848619

काठमाडौं । नेपाली कांगेसका सभापतिका आकांक्षी डा. शेखर कोइरालाले उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारीलाई अघि सार्ने भएका छन् ।

काठमाडौंको एक होटलमा भएको छलफलमा यस्तो निर्णय भएको हो ।

रामचन्द्र पौडेल, शशांक कोइराला, बलबहादुर केसीलगायतसँग परामर्श गरेर यो टिम तयार पारिएको स्रोतले जानकारी दियो ।
टिमको महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापालाई अघि सार्ने निर्णय गरिएको छ ।

त्यस्तै सहमहामन्त्रीमा देवराज चालिसे, कमला पन्त, विकास लामा,  बद्री पाण्डे, जीवन परियार र शेख वकिललाई अघि सार्ने निर्णय भएको छ ।

रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत पनि यसमा सहमत भएको बताइएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology